गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
rajdhanidaily.com · Thu May 21 07:43:14 GMT 2026
बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उहाँलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)