मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

lokaantar.com · Wed Oct 27 23:53:20 GMT 2021

नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)