राजमार्गकै पुल तेह्र वर्षदेखि अलपत्र
gorkhapatraonline.com · Tue Apr 07 03:50:56 GMT 2026

जिम्मेवार निकायको बेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङ्ग हुन्छ भन्ने उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरी नदीको पुल । रुकुमपश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको यो पुल अझैसम्म निर्माण भएको छैन । सम्झौता भएको १३ वर्ष बित्दा पनि पुल निर्माणको काम अलपत्र छ । जसका कारण राष्ट्रिय गौरवको आयोजनामा पर्ने मध्यपहाडी राजमार्गको रुकुमपश्चिम र जाजरकोट खण्ड जोडिन पाएको छैन । चौरजहारी नगरपालिका–२, अँधेरेबाट जाजरकोटको भेरी नगरपालिका–१३, कुदु जोड्ने गरी भेरी नदीमाथि निर्माण थालिएको यो पुलको दुवैतर्फ आधार पिल्लर मात्रै खडा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)