मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थले गर्‍यो शर्माले ल्याएको बजेटको मूल्यांकन : प्रक्रियामै अल्झिए ७६ कार्यक्रम, चारवटा सुरु नै भएनन्

nayapatrikadaily.com · Thu Dec 28 00:38:00 GMT 2023

गत २७ मंसिरमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कार्यकालमा अर्थतन्त्रमा देखापरेका सुधारका परिसूचक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । त्यसको त्यसको एक महिना नबित्दै मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको गत आर्थिक वर्ष ०७९/८० को बजेट मूल्यांकन गर्दै झन्डै ८० वटा कार्यक्रम अलपत्र परेको जनाएको छ ।

पूर्वअर्थमन्त्री शर्माले ल्याएको बजेटमा अर्थमातहत एक सय ४१ कार्यक्रमको माइलस्टोन रहेकोमा ७६ वटा प्रक्रियामै अल्झिएको र चारवटा कार्यक्रमको सुरुवात नभएको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको बजेटमार्फत नयाँ कार्यक्रमको रूपमा ल्याएको लघुवित्त कोष स्थापना मस्यौदामै सीमित बनेको थियो । चालू आर्थिक वर्षको बजेटले यो कार्यक्रमलाई निरन्तरता नदिएपछि सरकार पछि हटेको स्पष्ट भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)