सन्दिप लामिछानेको विस्फोटक बलिङसामु पीएनजी निरीह, नेपालको सानदार जित
ratopati.com
नेपाली बलर सन्दिप लामिछानेको विस्फोटक बलिङसामु पपुवा न्यूगिनी(पीएनजी) को टोली निरीह बन्न पुगेको छ । ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालको सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । ५.१ ओभर बलिङ गरेक उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
१५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न सफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)