बागमती प्रदेशको नीति तथा योजना आयोगमा पन्त, नेपाल र लामिछाने नियुक्त
ekagaj.com · Wed Dec 29 16:23:18 GMT 2021
काठमाडौँ– बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णप्रसाद पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो भने नेपाली कांग्रेस र माओवादी केन्द्र निकट दुई सदस्य पनि नियुक्त भएका छन् ।
प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा राजु नेपाल र प्रह्लाद लामिछानेलाई नियुक्त गरेको छ । नेपाल नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागमा कार्यरत थिए । लामिछाने माओवादी केन्द्रसँग निकट छन् । उनी संविधानसभा सदस्य समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)