काठमाडौं हिडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण
aarthiknews.com · Fri May 26 16:29:00 GMT 2023
काठमाडौं । काठमाडौंको त्रिभुवन विमान स्थलमा अत्यधिक वर्षा परेका कारण बुद्ध एयरको विमान अवतरणका लागि भैरहवा पुगेको छ। विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको हो ।
शुक्रबार साँझ विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको जहाज भैरहवा तर्फ मोडेर अवतरण गरिएको बताइएको छ । आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको एक यात्रुले बताए । विमानमा पुन फ्युलिङ गर्नका लागि भैरहवा पुर्याउनु परेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)