प्रधानमन्त्री शाहले आफ्नो कार्यकालको पहिलो उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
barnanmedia.com · Sun Jul 05 12:51:57 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार आफ्नो कार्यकालको पहिलो उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन्।
यस क्रममा एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्दासँग 'वान–अन–वान' भेट हुनेछ। कान्दाको नेपाल भ्रमणको अवसरमा १६५ मिलियन अमेरिकी डलरको दुई वित्तीय सम्झौता हुने अपेक्षा छ। जसअन्तर्गत ५० मिलियन अमेरिकी डलर भन्सार प्रणाली आधुनिकीकरणका लागि र ११५ मिलियन जलवायु–उत्थानशील खानेपानी तथा सहरी सरसफाइ परियोजनामा खर्चिनेछ। यस भ्रमणले नेपाल र एडीबीबीचको विकास साझेदारी सशक्त बनाउने र पूर्वाधार, व्यापार, र सहरी सेवामा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ। साथै, कान्दा अर्थमन्त्रीसँग भेट र विकास आयोजनाको निरीक्षण पनि गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)