हप्ताको २० लाख पर्ने याचमा बिल गेट्सको जन्मदिन पार्टी, हेलिकप्टर चढेर पुगे जेफ बेजोस, दुवै विवादमा
baahrakhari.com · Sat Nov 13 23:24:00 GMT 2021
वासिङटन । जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सचेतता अपनाउन पहल गर्दै आएका माइक्रोसफ्टका बिल गेट्स र अमेजोनका जेफ बेजोस यतिबेला आफ्नो जीवनशैलीका कारण विवादमा आएका छन् । कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने उनीहरु नै गेट्सको ६६ औ जन्मदिनका लागि भनेर हप्ताको २० लाख डलर पर्ने याचमा छुट्टी मनाइरहेका छन् । बेजोस चाहिँ शुक्रबार मात्र सो पार्टीमा हेलिकप्टरमा चढेर पुगेका हुन् ।
गेट्सको निजी पार्टीमा केबल ५० अतिथिलाई मात्र बोलाइएको थियो जसमा बेजोस पनि परेका हुन् । गेट्सको सुपरयाचमा बेजोस हेलिकप्टरमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)