मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान रोपाइँको पूर्वतयारीमा किसान, बीउ तयार भए पनि आकाशे पानीको पर्खाइ

hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026

काठमाडौँ । मधेस प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्वतयारीमा जुटेका छन्। जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको बीउ (बेर्ना) ब्याडमा तयार पारिसकेका छन्। अब उनीहरू खेत खनजोत गरेर आकाशे वर्षा हुनासाथ रोपाइँ सुरु गर्ने पर्खाइमा छन्। मनसुन भित्रिने समय नजिकिँदै गर्दा ग्रामीण भेगका खेतहरूमा किसानहरूको चहलपहल निकै बढेको छ।

जिल्लाका गरुडा, गौर, चन्द्रपुर, हरिया, माधवनारायण लगायतका स्थानीय तहका किसानहरूले मुख्य बर्खे धानका लागि जेठको पहिलो र दोस्रो साता नै ब्याडमा बीउ राखेका थिए। कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लामा किसानहरूले विशेष गरी स्वर्ण, सावा मन्सुली र राधा-४ जस्ता उन्नत तथा स्थानीय जातका धानको बीउ ब्याडमा तयार पारेका छन्। अहिले बीउ रोप्नका लागि योग्य (बेर्ना) भइसकेको छ। किसानहरू धानको बीउ काढ्ने र खेत सम्याउने कामको योजना बनाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय