मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२८४ मेगावाट नेपाली विद्युत् भारतीय बजारमा

ekantipur.com · Thu Jun 09 00:43:38 GMT 2022

काठमाडौँ — नेपालका विभिन्न ५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्न थालेको छ । बुधबार मध्यरातिबाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि थपिएसँगै नेपालले कुल ६८०० मेगावाट आवर (करिब २ सय ८४ मेगावाट) विद्युत् भारत बेच्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए ।

नेपालले गत वर्ष कात्तिक १७ मा पहिलोपटक इन्डियन इनर्जी एक्स्चेन्ज (आईईएक्स) मा विद्युत् बेच्ने अनुमति पाएको थियो । आईईएक्समा विद्युत् बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत् गत वर्ष नै भारत जान थालिसकेको थियो । तर, अरू आयोजनाका लागि भने भारतले अनुमति दिएको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)