हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
nagariknews.nagariknetwork.com · Thu May 21 07:33:05 GMT 2026

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)