‘माथिको आदेश’ भन्दै भारतीय सवारी साधन ठोरी प्रवेशमा रोक, पर्यटन व्यवसाय ठप्प
kalakarmi.com · Sun Jul 05 13:01:09 GMT 2026

पर्सा– पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले भारतबाट आएका चार पाङ्ग्रे सवारी साधनलाई भारततर्फ नै फर्काइदिएको छ ।
ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गरेको नयाँ गन्तव्य हो । यहाँ दर्जनौं होटल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छ भने सयौं व्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)