दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजको खराब प्रदर्शन
ekagaj.com · Sun Jul 25 00:17:23 GMT 2021
काठमाडौँ - अष्ट्रेलियासँगको दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजले खराब प्रदर्शन गरेको छ । अष्ट्रेलियालाई १८७ रनमा अलआउट गरेर जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले १८ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ८८ रन मात्रै बनाएको छ ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पनि १८७ रन मात्रै बनाउन सकेको छ । उसका लागि वास वेगरले सर्वाधिक ४१ रन बनाए । त्यसपछि एडम जाम्पा र म्याथ्यु वाडेले समान ३६ रन बनाए । पहिलो एक दिवसियमा अष्ट्रेलिया विजयी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)