गण्डकी प्रदेशका प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस
baahrakhari.com · Mon Apr 17 17:36:00 GMT 2023
गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङसमक्ष महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन सोमबार पेस गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक राममाया कुँवरले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ मा प्रदेशको काम कारबाहीका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखसमक्ष पेसश गरिएको प्रतिवेदन लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा ५ बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेशसभामा पेस हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)