मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारीले नै किनेनन् घोराही सिमेन्टको आईपीओ

onlinekhabar.com · Thu Jun 08 00:47:27 GMT 2023

२४ जेठ, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ । कम्पनीले आफ्नै कर्मचारीलाई छुट्याएको सेयरको ५ प्रतिशत मात्रै बिक्री भएको छ ।

त्यसैगरी सामूहिक लगानी कोषका लागि छुट्याएको शेयरसमेत पूरा बिक्री भएन । सामूहिक लगानी कोषहरुले धितोपत्र बजारमा लगानी गर्न बजार विश्लेषण गर्ने कर्मचारी नै राखेर विश्लेषण गरिरहेका हुन्छन् । सामूहिक लगानी कोष र कर्मचारीलाई आरक्षण गरिएको सेयर सबै नबिकेपछि घोराही सिमेन्टले उक्त सेयर समेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)