मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्ष समेट्दै ‘कमला मिस’को टिजर सार्वजनिक
baahrakhari.com · Thu May 21 08:07:22 GMT 2026

काठमाडौं । नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाउने प्रयास गरेको छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित चलचित्र ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ । बसनासँगै नीर शाह पनि केन्द्रमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)