मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्ची खानेपानी आयोजना मर्मतका लागि वैकल्पिक बाटो खोल्ने तयारी

nepallive.com · Tue Jul 06 00:54:00 GMT 2021

काठमाडौं– बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजनाको हेड बक्स तथा पुग्ने बाटो मर्मतका लागि विभिन्न तयारी गरिएको छ। प्राविधिकसहितको टोलीले क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक सडक खोल्ने तयारी अगाडि बढाएको हो।

खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गएको खानेपानी विकास समितिले जनाएको छ। टोली केही दिनदेखि आयोजना क्षेत्रमै रहेको र बाटो नखोलेसम्म काम अगाडि नबढ्ने भएकाले त्यसको लागि निरीक्षणको काम भइरहेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)