पिएसजीबाट मेस्सीको डेब्यु, राइम्स २-० ले पराजित
news24nepal.tv · Mon Aug 30 00:27:07 GMT 2021
एजेन्सी । यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित भएका लियोनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । गएराति फ्रान्सेली लिग वन अन्तर्गत राइम्सविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेका हुन् ।
६६ औं मिनेटमा नेयामारको स्थान लिँदै मेस्सीले पिएसजीबाट पहिलो खेल खेलेका हुन् । यसअघि मेस्सीले बार्सिलोनाबाहेक कुनै पनि क्लबबाट खेलेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)