मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहामा खेतको आलिमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

barnanmedia.com · Mon Sep 02 22:12:15 UTC 2024

सिरहाको बरियारपट्टीमा सोमबार एक पुरुषको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार शवको सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)