मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२२३ जना बोकेर सिड्नी उडेको विमानमा चट्याङ परेपछि...

nagariknews.nagariknetwork.com · Sun Jun 14 03:32:48 GMT 2026

श्रीलंकन एयरलाइन्सको सिड्नीका लागि उडेको उडान नम्बर युएल–६०६ को विमानको बायाँ इन्जिनमा आकाशमा चट्याङ परेपछि आपतकालीन अवतरण गरिएको छ।

स्थानीय सञ्चारमाध्यम का अनुसार शुक्रबार बिहान काटुनायकेस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थल (बीआईए) बाट उडेको केही समयमै विमानमा चट्याङ परेको थियो। प्रतिकूल मौसम र विमानको बायाँ इन्जिनमा चट्याङ परेपछि विमानलाई स्थानीय समय अनुसार बिहान १:४० बजे सुरक्षित रूपमा सोही विमानस्थलमा फर्काएर अवतरण गरिएको हो। एयरलाइन्सको आधिकारिक विवरण अनुसार उक्त उडानमा २०७ जना यात्रु र १६ जना चालक दलका सदस्य सवार थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)