चिकित्सा नियमन र जनहितको प्रश्न
baahrakhari.com · Sun Jun 14 03:39:49 GMT 2026
केही समयअघि म नेपाल मेडिकल काउन्सिल पुगेको थिएँ । कारण सामान्य थियो - आफ्नै भविष्य, कागजात र पेसागत प्रक्रियाबारे स्पष्ट जानकारी लिनु । तर त्यहाँ पुगेपछि मैले जे अनुभव गरेँ त्यसले मलाई व्यक्तिगत समस्यामात्र होइन नेपाल मेडिकल काउन्सिलभित्रको कार्यशैली, जिम्मेवारीबोध र जनताप्रतिको जवाफदेहीबाारे गम्भीररूपमा सोच्न बाध्य बनायो ।
काउन्सिलका कर्मचारी वा पदाधिकारीसँग भेट्न जाँदा झोला लिएर जान नपाइने, गेटमै दुईतीन जना सुरक्षा कर्मचारी खटिएका, माथि चढ्नुअघि सम्पूर्ण शरीर जाँच गरिनेजस्ता व्यवस्थाले म अचम्मित भएँ । एकछिन त यस्तो लाग्यो म कुनै सार्वजनिक सेवा दिने नियामक निकायमा होइन कुनै मन्त्री वा देशका प्रधानमन्त्रीलाई भेट्न जाँदै छु । सुरक्षा व्यवस्था आफैँमा गलत होइन । सार्वजनिक संस्थामा आधारभूत सुरक्षा आवश्यक हुन्छ । तर जनताको हितका लागि स्थापित नियामक निकायमा सामान्य विद्यार्थी र सेवाग्राहीले सहज रूपमा भेटघाट गर्न नसक्ने, प्रश्न राख्न कठिन हुने र आवश्यक जानकारी प्राप्त गर्न झन्झट बेहोर्नुपर्ने अवस्था देखिँदा चित्त दुख्नु स्वाभाविकै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)