तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा लकडाउन विरुद्ध प्रदर्शन
Ujyaaloonline.com · Sat Oct 29 01:54:43 GMT 2022
चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् ।
प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ । प्रदर्शनमा सहभागी मानिसहरुले हामी घर जान चाहन्छौँ लेखिएको प्लेकार्ड बोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)