मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फास्ट ट्रयाकको सुरुङ र विशेष प्रकृतिको  पुल निर्माणका लागि सेनाले गर्‍यो ठेक्का सम्झौता

nayapatrikadaily.com · Sun May 16 00:25:00 GMT 2021

नेपाली सेनाले बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिको पुल निर्माण गर्न पोली चङ्दा ग्रुपको पोली चङ्डा इन्जिनियरिङसँग सम्झौता भएको हो । संसद्को सार्वजनिक लेखा समितिले ठेक्का सम्झौताका लागि ठेकेदार कम्पनी छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो ।

सम्झौतापत्रमा सेनाका तर्फबाट सहायक रथी विकास पोखरेल तथा ठेकेदार कम्पनी चाइना स्टेटका तर्फबाट सुरु याङ र पोली चङ्दाका तर्फबाट सु तिङ्ग्यु बारब्राले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै ठेकेदार कम्पनीले अबको ४२ महिनाभित्र सुरुङ र विशेष प्रकृतिको पुल निर्माण गरिसक्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)