आयातीत औलोको जोखिममा सुदूरपश्चिम
farakdhar.com · Tue Apr 25 17:09:17 GMT 2023
सुदूरपश्चिम प्रदेशमा आयातीत औलोका कारण देशभर औलो रोग बढ्दै गएको छ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरी चार जिल्लालगायत १० जिल्लामा आयातीत औलो रोग देखिएको छ भने कैलाली, कञ्चनपुर, अछाम र डोटीलगायत १० जिल्लामा स्थानीय औलोको प्रकोप रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन् भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)