मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामयिक राजनीतिमाथि मनाङेको कठोर व्यंग्य-‘म मन्त्री–पद बेच्दिन्छु’

ekantipur.com · Mon Sep 02 23:42:01 UTC 2024

पोखरा — राजीव गुरुङ ‘दीपक मनाङे’ले राम्रो भाउ मिले आफूले पाउने मन्त्री–पद बेचिदिने बताएका छन् । आफूले इच्छाएको मन्त्रालय नपाएको झोकमा सोमबार स्वकीय सचिवमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका उनले राम्रो पैसा दिए जुनसुकै पेसा व्यवसाय गरिरहेकालाई पनि ६ महिना मन्त्री बनाइदिने बताएका हुन् ।

उनले प्रदेशमा उम्रिने वनमारा र तीतेपाती मात्रै हेर्न मन्त्री नचाहिने बताउँदै गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीको पदबाट राजीनामा दिएको पनि बताए । यसअघि ६ पटक मन्त्री भइसकेकाले कुनै अधिकार नै नभएको नाम मात्रको मन्त्रालयको नेतृत्व नगर्ने निर्णयमा पुगेको तर्क गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)