२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको शानदार सुरुवात
nepalviews.com · Sun Jun 14 03:46:03 GMT 2026
काठमाडौं । फिफा विश्वकप-२०२६ मा २८ वर्ष लामो पर्खाइलाई अन्त्य गर्दै पुनरागमन गरेको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै शानदार सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद नतिजा निकालेको हो।
स्कटल्यान्डलाई यो महत्त्वपूर्ण जित दिलाउन जोन म्याकगिन नायक बने। खेलको २९औं मिनेटमा उनले गरेको उत्कृष्ट गोल नै टोलीको जितका लागि पर्याप्त र निर्णायक बन्न पुग्यो। मैदानमा हाइटीले स्कटल्यान्डको बराबरीमै बल पोसेसन (बल नियन्त्रण) राखेर कडा चुनौती दिए पनि बललाई जाली चुमाउन भने सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)