धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर
barnanmedia.com · Mon Sep 02 23:44:51 UTC 2024

जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।
“वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ”, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भन्नुभयो, “यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नुहुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)