चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो
ekantipur.com · Mon Sep 02 23:52:22 UTC 2024

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ ।
परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको थियो । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बदनियतभन्दा पनि मानवीय कमजोरीले त्रुटि हुन पुगेको बताए । ‘आयोगले त्रुटि भएको स्वीकार गरेको छ । कमजोरी भएको थाहा हुने बित्तिकै आयोग र परीक्षा समितिको बैठक छाडेर नतिजा सच्याउने काम भएको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)