बेंगलुरु भागदौड प्रकरण : आयुक्तसहित शीर्ष प्रहरी अधिकारीहरू निलम्बित
baahrakhari.com · Thu Jun 05 17:58:08 GMT 2025

काठमाडौं । कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बिहीबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा बेंगलुरु प्रहरी आयुक्तसहित शीर्ष प्रहरी अधिकारीहरूलाई निलम्बन गरेका छन् ।
मुख्यमन्त्री सिद्धरामय्याले पत्रकार सम्मेलनमा एडीजीपी दर्जाका अधिकारी बी दयानन्दलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णयको बारेमा जानकारी दिए । बी दयानन्दले हालैका वर्षहरूमा बेंगलुरु प्रहरी आयुक्तको रूपमा सबैभन्दा लामो समय सेवा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)