मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रे बस दुर्घटना :  एकै परिवारका ८ जनाको मृत्यु

ekantipur.com · Wed Dec 14 16:48:01 GMT 2022

काभ्रे — बनेपा–११ का राजन तामाङ मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित भान्जा योगेशको छेवर (व्रतबन्ध) मा पुगेका थिए । बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् ।

तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् राजनको परिवारले योगेशलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँडे पनि आइपुग्न सकेन । बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टियो । अर्को सवारीलाई साइड दिन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)