मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२१ किलो गाँजासहित एक जना पक्राउ

nepalnews.com · Sun Jun 14 03:51:44 GMT 2026

सिरहा। सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शंका लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)