१५० रुपैयाँको कोठामा एक रात...
shilapatra.com · Tue Dec 13 00:39:58 GMT 2022
चुनावका सबै नतिजा आइसक्यो । प्रतिनिधिसभा र प्रदेशका सांसदको टुंगो लागेसँगै अब सरकार गठनको रस्साकस्सी सुरु भएको छ । चुनाव जित्न कात्तिक महिनाभर उम्मेदवार मतदाता भेट्न घरदैलोमा पुगिरहेका थिए । म पनि मतदाता भेट्न प्रधानमन्त्रीका दाबेदार लडेको क्षेत्रका शहर र गाउँ डुलेँ ।
चुनावी रिपोर्टिङका लागि म १७ कात्तिकको रात गोखरा पुगेको थिएँ । त्यही दिनदेखि निर्वाचन आचारसंहिताले भेला, गोष्ठी, जमघट गर्न खुला छोडेको थियो । गोखरा ‘२’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लड्न लागेको निर्वाचन क्षेत्र थियो । म उम्मेदवारको घरदैलो शैली, चुनावी वाचा, प्रचण्डको आगमनबारे मतदाताका कुरा र त्यो क्षेत्रको मतदाताको गुनासो र समस्या सुन्न गोरखा ‘२’ पुगेको थिएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)