गल्फमा सुभाषलाई सफलता
ekantipur.com · Sat Jun 18 01:13:01 GMT 2022
काठमाडौँ — सुभाष तामाङले ओलम्पिक दिवसको अवसरमा आयोजित यू–२१ राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा अन्तिम दिन शुक्रबार ५ अन्डर ६७ स्कोर गरेका उनले समग्रमा १८ अन्डर १९८ को प्रदर्शनसँगै सफलता हात पारेका हुन् ।
१३ औं सागका दुई स्वर्णधारी सुभाषले सदभाव आचार्यलाई १७ स्ट्रोकले उछिन्दै ट्रफी कब्जा गरे । सुभाषले पहिलो दिन ६ अन्डर ६६ स्कोर गरेका थिए भने दोस्रो चरणमा ७ अन्डर ६५ खेलेका थिए । यू–१६ तर्फ पहिलो भएका सदभावले अन्तिम चरणमा तीन ओभर ७५ स्कोर गरे । समग्रमा एक अन्डर २१५ मा रहेका उनी मुख्य प्रतियोगिताको उपविजेतासमेत भए । यू–१६ मा उपविजेता भएका सयन बस्न्यातको प्रदर्शन २३ ओभर २८६ रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)