वाणिज्य बैंकलाई मर्जरमा प्रोत्साहन, विकास बैंक र वित्त कम्पनीको अस्तिव जोगाउने रणनीति
baahrakhari.com · Fri Jun 04 13:10:00 GMT 2021
काठमाडौं । सरकारले विकास बैंक र वित्त कम्पनीको अस्तित्व जोगाउने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यन्वयनका लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको आर्थिक अध्यादेशमा वाणिज्य बैंकले विकास बैंक र वित्त कम्पनीलाई एक्वायर गर्दा पाउँदै आएको लाभांश कर छुट नपाउने व्यवस्था गरेको छ ।
यसलाई अब विकास बैंक र वित्त कम्पनी नमास्ने रणनीतिको रूपमा लिनुपर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । आयकर ऐनको दफा ४७ को ‘क’ रहेको व्यवस्था अनुसार बंैकिङ तथा वित्तीय व्यवसाय वा बमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरू आपसमा गाभिएर (मर्जर वा एक्युजिसन) भएमा सोही दफाको उपदफा ६ र ७ अनुसार कर छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)