बाँदर र किसानको मिलापत्र
gorkhapatraonline.com · Sun Jun 14 03:57:51 GMT 2026

प्रशस्त मात्रामा मकै उब्जनी हुने ठुलो फाँट थियो । फाँटको नाम नै गाउँलेले मकै फाँट राखेका थिए । मकै फाँटबाट केही टाढा गाउँलेको बस्ती थियो । मकै फाँटको केही पर ठुलो सुन्दर पहाड थियो । मकै फाँट र पहाडको बिचमा घना जङ्गल थियो । जङ्गलमा थुप्रै बाँदर बस्ने गर्थे । मकै फाँटमा लगाएका मकै जङ्गलका बाँदरले खाइदिन्थे । बाँदरहरू हुलका हुल मकै फाँटमा प्रवेश गर्थे । प्रत्येक वर्ष बाँदरले किसानले लगाएका तरकारी, फलफूल र मकै सखाप पारिदिन्थे । किसानहरू बाँदरदेखि हैरान भएका थिए । बाँदरलाई कसरी नियन्त्रण गर्ने ? भन्ने विषयमा छलफल गर्न किसानले नयाँ वर्षको अवसर पारेर सभाको आयोजना गरे ।
सभामा एक जना अधबैँसे किसानले प्रस्ताव राखे, “साथी हो बाँदर नियन्त्रण गर्न हाम्रो मकै फाँटलाई बाँदर पस्न नसक्ने गरी चारैतिरबाट बार लगाउनु पर्छ ।” अर्को एक किसानले तुरुन्तै जवाफ दिए, “धत उल्लु, जङ्गलमा अग्ला अग्ला रुख चढ्ने, ओर्लने बाँदरलाई बार लगाएर कसरी सुरक्षित राख्छस् ? बरु मेरो विचारमा दिनरात पालो बसेर बाँदर लखेट्ने, अनि बाली जोगाउने ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)