मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : तराईका जिल्लामा बाक्लो कुहिरो लाग्ने

lokaantar.com · Wed Dec 28 01:09:35 GMT 2022

देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईका जिल्लामा हुस्सु लाग्ने भएपछि जाडो बढ्ने विभागको भनाइ छ । जाडोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । तराईका जिल्लामा हुस्सु लागे पनि बाँकी भागमा मौसम सफा रहने छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)