बागमती सफाइ महाअभियान ४९७ औँ हप्तामा
lokpath.com · Sat Nov 19 17:13:11 GMT 2022
काठमाडौं । गुह्येश्वरी पानी प्रशोधन केन्द्रअघिको बागमती नदीमा सफाइ गरी दुई टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लहरसँगै बागमती सफाइ महाअभियानको आज ४९७ औँ हप्तामा गुह्येश्वरी पानी प्रशोधन केन्द्रस्थित झोलुङ्गे पुल वारिपारीको बागमती नदी किनारमा सफाइ गरिएको हो ।
त्यस क्षेत्रको नदीभित्र एवं बाहिरको झार फाँडेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एर्कीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव कोषनाथ अधिकारी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, बाल सारथी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीलगायतका व्यक्तित्व एवं संस्थाको सक्रियता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)