धर्ती फाट्दै छ !
nayapatrikadaily.com · Wed Mar 08 00:34:00 GMT 2023
धेरैअघि जंगल कुनै रूखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला ! अचानक नजिकै ठूलो आवाज सुनियो । आवाज सुन्नासाथ गधा ‘बचाऊ, बचाऊ’ भन्दै बेतोडले भाग्न थाल्यो । गधा भागेको देखेर अर्को गधाले प्रश्न गर्यो– ए साथी ! तिमी किन भागिरहेका छौ ? उसले आत्तिँदै भन्यो– तिमी पनि भाग, धर्ती फाट्दै छ ! उसको कुरा सुनेपछि प्रश्नकर्ता गधा पनि चिच्याउँदै भाग्यो । एकैछिनमा सयौँ जनावर उनीहरूसँगै आत्तिँदै चिच्याउँदै भाग्न थाले । हेर्दाहेर्दै जंगलमा हाहाकार मच्चियो ।
यो भागदौडबारे जंगलको राजा सिंहले समेत थाहा पायो, भागिरहेका जनावरलाई रोक्दै उसले प्रश्न गर्यो– होइन, तिमीहरू किन यसरी भागिरहेका छौ ? भिडको अगाडि रहेको बाँदरले हात जोडेर भन्यो– महाराज ! धर्ती फाट्दै छ । हजुर पनि आफ्नो ज्यान बचाउने भए यहाँबाट भाग्नुहोस् । सिंहले गर्जिंदै प्रश्न गर्यो– कसले भन्यो यो सब ? सिंहको प्रश्न सुनेपछि सबै एक–अर्काको मुख ताक्न थाले । सबैले आफूले अर्काबाट सुनेको भन्दै जाँदा सुरुमा गधाले भनेको थाहा भयो । गधालाई सिंहको अगाडि ल्याइयो । सिंहले प्रश्न गर्यो– तँलाई धर्ती फाट्दै छ भन्ने कसरी थाहा भयो ? गधाले काम्दै जवाफ दियो– मैले आफ्नै कानले धर्ती फाटेको आवाज सुनेको थिएँ सरकार !
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)