एउटा अनुकरणीय शैली
rajdhanidaily.com · Wed Apr 05 23:33:00 GMT 2023
बझाङको खप्तडछान्ना गाउँपालिका माझीगाउँमा एउटा चलन छ । कसैको घरमा मृत्यु भएपछि पीडित परिवारका सदस्यलाई गाउँले मिलेर नगद र अन्न सहयोग गर्ने । गाउँलेहरूकै समन्यवमा सुरु भएको यो परोपकारी कार्यले मृत्यु भोगेका परिवारका सदस्यलाई राहत मिल्ने गरेको छ । साताअघि ७९ वर्षीय वीरबहादुर रोकायाको निधन भयो ।
गाउँलेकै पहलमा परम्परालाई निरन्तरता दिँदै नगद र अन्न जम्मा गरे । ४० हजार नगर र चार क्विन्टल धान जम्मा भयो । त्यसरी जम्मा भएको नगद र अन्न क्रियाकर्ममै खर्च गर्ने चलन छ । यो चलनले पीडित परिवारलाई राहत मात्रै दिएको छैन समाजमा भाइचाराको सम्बन्ध कायम राख्न पनि भूमिका निर्वाह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)