ट्रकको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु
kendrabindu.com · Sun Jun 14 04:04:01 GMT 2026

बर्दिया । तीव्र गतिमा नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
भन्सार विभाग