मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्काइस किलो गाँजासहित एक जना पक्राउ

nepalviews.com · Sun Jun 14 04:04:36 GMT 2026

सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)