मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्चीको पानी औपचारिक वितरण सुरु

rajdhanidaily.com · Fri Apr 02 23:01:28 GMT 2021

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पु-याइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । ‘प्रजातन्त्रको पुनस्र्थापनापश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनाबाट मेलम्ची आयोजना सुरु भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न हुन सकेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)