मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा

ekantipur.com · Sat Jan 20 00:27:55 GMT 2024

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्यापी वित्तीय सुधार आवश्यक तथा राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षा गरिनुपर्ने बताएका हुन् ।

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको, संक्रमणकालीन न्याय समाधानको बाटोमा रहेको, इजरायल–प्यालेस्टाइन दुई राज्य स्थापना गरी समाधान गरिनुपर्ने र कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन आह्वान तथा युक्रेन र गाजामा द्वन्द्वको अवस्था रहेको र नामले संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने विषय सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले बताए । १९ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सन् १९५५ को बाङडुङको अफ्रिका–एसिया सम्मेलनबाट थालिएको असंलग्न आन्दोलन (नाम) ले लामो यात्रा तय गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)