मौरिसले अन्नपूर्ण चढ्दा प्रयोग गरेको ‘आइस एक्स’ पर्वतीय सङ्ग्रहालयमा
barnanmedia.com · Thu Jun 05 21:51:14 GMT 2025

आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन हो सन् १९५० जुन ३ अर्थात् विसं २००७ जेठ २१ । जुन दिन फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनले विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका थिए । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष अन्नपूर्ण हीरक महोत्सव सञ्चालन भइरहेको छ ।
सोही क्रममा बिहीबार पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा विविध कार्यक्रमको आयोजना गरियो । उक्त अवसरमा ७५ वर्षअघि अन्नपूर्ण हिमाल आरोहणका फ्रान्ेसीले आरोही हर्जोगले प्रयोग गरेको ‘आइस एक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियसलगायत परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पालाई हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)