साबर छालाको ब्रान्डिङ गरौं
annapurnapost.com · Sun Aug 28 00:13:00 GMT 2022
नेपाली जाति कला र संस्कृतिमा मात्रै होइन, विभिन्न सीप र कौशलमा पनि पारंगत छ। जसको आफ्नै पहिचान पनि छ। त्यसैको एउटा उदाहरण हो, साबर छाला। सार्की समुदायले छालाको काम गर्ने परम्परा छ। त्यसको आफ्नै वैशिष्ट्य र मौलिकता पनि छ। दैलेख जिल्लामा अब अवशेषकै रूपमा भए पनि साबर छालाको प्रविधि र सीप बाँकी छ। तर, अब अरू कुनै उपाय गरिएन भनेचाहिँ यो जोगाउन मुस्किल छ। चिसोबाट जोगाउन, घाउचोट लाग्नबाट जोगाउन मानिसले जुत्ता लगाउन थाल्दा त्यो जुत्ता बनाउने जाति सार्की हो। त्यसमा पनि दैलेखका सार्की समुदायले बनाउने साबर छालाको विशिष्टता कसैसँग मेल खाँदैन। यो छाला निकै गुणस्तरीय त हुन्छ नै आकर्षक पनि उत्तिकै छ। न आधुनिक प्रविधि र शिक्षा। तै यहाँको समुदायले मृत पशुचौपायको छालाको प्रशोधन गर्ने निकै उत्कृष्ट विधि परम्परादेखि नै विकास गरेको हो। त्यही विशिष्टताका कारण जिल्ला दैलेखको मूल पहिचानमध्ये एक साबर छाला पनि हो। त्यसैले सामान्य ज्ञानहरूमा दैलेखलाई साबर छालाको जिल्ला भनेर पढिन्छ, पढाइन्छ।
फरक अनि झन् विशिष्ट र गुणस्तरीय हुनाले चिन्नेहरू साबर छालाका जुत्ता भनेपछि हुरुक्क हुन्छन्। दैलेख सदरमुकाममा अझै पनि साबर छालाका सामग्री भेटिन्छन्। तर, अहिलेकै परिस्थिति रहिरहे भोलिका दिनमा भन्न सकिन्न। किनभने यो विधिको बिँडो धान्ने नयाँ पुस्ताको अभाव छ। सरकारले यस्तो विशिष्ट र मौलिक पहिचानयुक्त विधि र उद्यमशीलताको संरक्षण र प्रवद्र्धनमा कुनै नजर पुर्याएको छैन। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने भनेको त्यसको गुणस्तर र मौलिकताले हो। एक त जुत्ता बनाउने आफ्नै विधि छ, त्यसमाथि गुणस्तरीय भए नेपालमै अपार सम्भावना छ। जब कि आज जति पनि नेपाली
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)