नेपाल प्रहरीका १७ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्बरमा कुँवर (सूचीसहित)
nayapatrikadaily.com · Wed Jun 22 17:12:00 GMT 2022
नेपाल प्रहरीका १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बुधबारको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह परेका छन् । त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डिआइजीको बढुवामा सिफारिस भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)