गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
barnanmedia.com · Thu Jun 05 22:11:44 GMT 2025

सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राती १०ः४५ बजे त्यस तर्फ पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)