बढ्दै आत्महत्या : रोल्पामा महिलाको तुलनामा ७ गुणा बढी पुरुषले गरे आत्महत्या
ekantipur.com · Fri Oct 01 18:16:30 GMT 2021
रोल्पा — गत भदौ २५ गते रोल्पा नगरपालिका–२ सिमलबाङकी ३८ वर्षीया मनकुमारी वलीले माइती नजिकैको माडीखोलामा हामफालेर आत्महत्या गरिन् । पाछाबाङ गाउँबाट माइती जाँदै गरेकी उनले छिमेकीले देख्दादेख्दै खोलामा हाम फालेकी थिइन् । उनलाई खोलाबाट उद्वार गरेर जोगाउन खोज्दा पनि स्थानीय सफल भएनन् ।
घटनालगत्तै परिचालित प्रहरीले शव अहिलेसम्म फेला पारेको छैन । प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले मनकुमारीको शव फेला नपारे पनि कपडा मात्रै भेटिएको बताए । ‘अहिलेसम्म खोजी भइरहेको छ । फेला पारिएको कपडाको पहिचानको आधारमा परिवारले सांस्कृतिक सद्गद् र क्रियाकर्म गरेको छ । खोलाको पानी नघटेकाले शव फेला पार्न सकिएन,’ डीएसपी सुवेदीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)