मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिले आँखा चिम्लिएर समायोजनमा पठाउने अहिले तलब दिन्न भन्न पाइन्छ ? 

baahrakhari.com · Wed Mar 16 00:55:00 GMT 2022

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै भन्यो– समायोजनका क्रममा दरबन्दीभन्दा बढी राखिएका कर्मचारीलाई मन्त्रालयले तलब भत्ताको व्यवस्था गर्नेछैन । दरबन्दी यकिन नगरी समायोजन मिलान गराएमा सम्बन्धित तह नै जिम्मेवार हुनुपर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयको यो निर्णयलाई सरकारको गैह्रजिम्मेवारीपन भन्दै कर्मचारीले विरोध गरेका छन् । समायोजनका क्रममा मन्त्रालयले नै कर्मचारीको आवश्यकता अध्ययन नगरी मिलान सहमति दिएका कारण कर्मचारीलाई अहिले आएर तलब भत्ताबाट बञ्चित गर्न नपाइने भन्दै चर्को विरोध गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)